दफा ७६
कृषि वन प्रणाली अवलम्बन गर्न सकिने
वनक्षेत्रको जग्गामा भू-उपयोगमा परिवर्तन नहुने गरी तोकिए बमोजिम कृषि वन प्रणाली अवलम्बन गर्न सकिनेछ। स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कृषि वन भन्नाले एउटै जग्गामा बहुवर्षीय रुख प्रजातिका साथै अन्नबाली वा फलफूल वा घाँसेबाली वा मत्स्यपालन वा पशुपालनलाई एकीकृत रुपमा खेती गर्ने प्रणाली सम्झनु पर्छ।